बुधबार, भाद्र २४ गते २०८३
images

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन् : सुमना श्रेष्ठ

एक्सप्रेस पाना
जेठ ६, २०८२ मंगलबार
  • 394
    SHARES
  • आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन् : सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् । 

    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताएकी हुन् । 

    उनले भनिन्, ‘मिटरब्याजीहरुको न्याय कहिले पाउछन् । तर पीडितलाई पीडित बनाइएको छ । कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्था गर्ने राज्यको यो कस्तो नीति हो ?’

    images

    यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्ने माग गरेकी छन् ।  

    उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरुको समस्या यसरी समाधान हुँदैन् । आफ्नो पार्टीको साहु जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरौं । मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्यो ।’

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ