बुधबार, भाद्र २४ गते २०८३
images

यमसँग चलचित्र ‘मिरमिरे’ मा सहकार्य गर्दै दयाहाङ

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 275
    SHARES
  • यमसँग चलचित्र ‘मिरमिरे’ मा सहकार्य गर्दै दयाहाङ

    काठमाडौं । चलचित्र ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध भएका छन् । 

    images

    ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा गरेका थिए ।

    ‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौ ।’

    images

    ‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुने त्यो भने उनले खुलाएका छैनन् ।

    यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।

    निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # दयाहाङ राई
  • # ‘मिरमिरे