आइतबार, कार्तिक १६ गते २०८३
images
images

जङ्गली हात्तीका बथानले किसानको धानबाली र केरा खेतीमा क्षति

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 435
    SHARES
  • जङ्गली हात्तीका बथानले किसानको धानबाली र केरा खेतीमा क्षति

    कात्तिक १ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टीका किसानको धानबालीमा जङ्गली हात्तीका बथानले गएराति क्षति पुर्‍याएको छ । हात्तीको बथानले किसानले थन्क्याएर राखेको धान खाएको छ । हात्तीले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सान पुर्‍याएको छ ।

    images

    यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरासिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबाली र मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षति पु–याएको छ ।

    हात्तीको पुर्‍याएको क्षतिको यकीन विवरण भने आइसकेको छैन ।

    images