आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजारमा पहिरो

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 362
    SHARES
  • सेयर बजारमा पहिरो

    कात्तिक १ काठमाडौं । आइतबार २६ सय ५६ विन्दुबाट कारोबार सुरु भएको सेयर बजार सोमबार ६९ दशमलव ५ अङ्कले घटेर २५ सय ८७ विन्दुमा पुगेर थामिएको छ । आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको सेयर बजारमा सोमबार पहिरो गएको छ । 

    images

    आइतबार डेढ अर्बको मात्र कारोबार भएको सेयर बजारमा सोमबार करिब तीन अर्बको कारोबार भयो । २ सय १८ कम्पनीका ८७ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाखको कारोबार भएको छ ।

    यस दिन व्यापार समूह १८ अङ्कले बढ्नुबाहेका अन्य उपसूचकहरू राताम्मे रहे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अङ्कले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अङ्कले झरेको छ ।

    images

    सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाउँदा सबैभन्दा बढी एनआइसी एसियाको ११ प्रतिशत डेभेन्चरमा लगानी गर्नेहरूले दुई प्रतिशतले कमाएका छन् ।