आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग २:नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दै

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 257
    SHARES
  • विश्वकप लिग २:नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दै

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दै छ । 

    images

    स्कटल्याण्डको डुनडीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३स्४५ बजेदेखि शुरु हुनेछ । 

    यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ ।   

    images

    नेपाल र नेदरल्याण्डसले अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्डसले ३ खेल जितेको छ । 

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २