काठमाडौं । स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।
आइसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको हो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेले भने माइकल लिस्कले अविजित ९६ रन बनाए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाए ।
नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिए ।


