आइतबार, कार्तिक १६ गते २०८३
images
images

रास्वपा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

एक्सप्रेस पाना
आषाढ १, २०८२ आइतबार
  • 226
    SHARES
  • रास्वपा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

    काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

    images

    आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन् ।  यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन् ।

    सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।

    images

    घिमिरे बोल्न सुरु गर्ने वित्तिकै रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । 

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दे रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आइरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक