आइतबार, कार्तिक १६ गते २०८३
images
images

३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

एक्सप्रेस पाना
आषाढ ३, २०८२ मंगलबार
  • 601
    SHARES
  • ३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

    काठमाडौं । ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन् । 

    images

    मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो ।

    त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको प्रहरीले जनाएको छ । 

    images

    सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो । 

    अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए । 
    उनी कर्णालीका मुद्दाहरु एवम अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन् । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री