शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

एक्सप्रेस पाना
आषाढ ४, २०८२ बुधबार
  • 200
    SHARES
  • चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

    images

    सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ । 

    दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् ।  एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’

    images

    विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,’ उनले भने ।

    यस्तै अभिनेता हरिवंश आचार्यले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले स्पष्ट देखाएको बताए । 
    चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् जसले कथालाई प्रभावकारी बनाएको छ । 

  • सम्बन्धित विषय:

  • # ‘महाभोज