बुधबार, भाद्र २४ गते २०८३
images

भिजिट भिसामार्फत कमीसन लिने राजनीतिक संरक्षकमाथि छानविन हुन जरुरी छ: सुमना श्रेष्ठ

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 249
    SHARES
  • भिजिट भिसामार्फत कमीसन लिने राजनीतिक संरक्षकमाथि छानविन हुन जरुरी छ: सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन् । 

    images

    सदन बहिष्कारपछि पत्रकारहरुसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायीक समितिको माग जारी रहने जिकिर गरिन् । 

    उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र ? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो । त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन् । कतिसम्म गिरेको नेपाल सरकार । ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् ? हाम्रो अडान जारी रहने छ ।’

    images

    उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्था गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन् । 

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ