काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम. वेंकैया नायडूसँग अनौपचारिक भेटवार्ता गरेका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेका सांसद गौतम र ढकालले नायडूसँग अनौपचारिक भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहेर छलफल गरेको सांसद गौतमले जानकारी दिएकी छन ।
उनले सो अवसरमा रास्वपाको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गराएको उल्लेख गरेकी छन् ।


