काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री राणाले सरकारले अहिलेसम्म धेरै प्रयास गरेको बताउदै विपिनको अवस्था के छ भन्ने बारे जानकारी प्राप्त हुन नसकेको बताएकी हुन् । उनले हरेक अन्तर्राष्ट्रिय फोरममा विपिनको कुरा उठाइरहेको बताइन् ।
उनले भनिन् ,"विपिन जोशीको रिहाईको सम्बन्धमा सक्दो प्रयास गरेका छौं । अहिलेसम्म विपिनको अवस्था अज्ञात छ । केहि दिन अघि थाइल्याण्डका एक नागरिकको शव हमासले हस्तान्तरण गरेको जानकारी आएको छ । नेपाली नागरिकको बारेमा केहि जानकारी छैन । हामी सबै जनाले भगवानसँग प्राथना गरौं । हाम्रा छोरा विपिन जोशी सकुसल छन् र कुनै दिन नेपाल फर्किन्छन् भन्ने आशामा छौं । हामीले प्रयास गर्न छोड्नु हुदैन, हामीले हरेक अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइरहेका छौं ।"


