काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत दुई देशबीच युद्धविराम सहमति भएको घोषणा गरेका हुन् । उनले पहिलो १२ घण्टा इरान र त्यसपछिको १२ घण्टामा इजरायलले आक्रमण रोक्ने बताएका छन्। योसँगै १२ दिने युद्ध अन्त्य भएको उनको दाबी छ।
"म यो घोषणा गर्न पाउँदा खुसी छु कि इजरायल र इरानबीच पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ र इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ।"
१२ दिनको युद्ध अन्त्य गर्न मद्दत गर्ने दुवै देशका नेताहरूलाई उनले धन्यवाद दिएका छन् । "यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो,उनले लेखेका छन्, मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो "
त्यस्तै ह्वाइटहाउसले पनि इरानले आक्रमण रोकेमा आफुहरु युद्धविरामका लागि सहमत भएको इजरायलले बताएको जानकारी दिएको छ ।
यसअघि गएराती इरानले कतारस्थित अमेरिकी सैन्य आधार सिविरमा मिसाइल आक्रमण गरेको थियो । आफ्ना तीन परमाणु केन्द्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी सैन्य आधार सिविरमा आक्रमण गरेको बताएको छ ।
.jpg)


