काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएपछी बुधबार बिहान अध्यक्ष नेपाल आफैँ अदालतमा हाजिर हुन गएका हुन् ।
नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । सोहि आधारमा नेपाल अदालतमा उपस्थित भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।


