कात्तिक २ काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आफ्ना ग्राहक महानुभावहरूको सर्वोपरि हित तथा अधिकतम लाभयुक्त ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप योजनामा आम ग्राहक महानुभावहरूलाई सर्वाधिक फाइदाहरूले भरिपूर्ण “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ ।
बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजनामा ग्राहक महानुभावहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरूले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू.१० लाखसम्मको बीमा सुविधा र रू।.१ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।
त्यस्तै औषधी उपचार बीमा अन्तर्गत बैंकले ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू.२० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ ।
.jpg)


