बुधबार, भाद्र २४ गते २०८३
images

माधव नेपाललाई  ३५ लाख धरौटीमा छोड्न अदालतको आदेश

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 413
    SHARES
  • माधव नेपाललाई  ३५ लाख धरौटीमा छोड्न अदालतको आदेश

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई  ३५ लाख रुपैयाँमा धरौटीमा छोड्ने विशेष अदालतले आदेश दिएको छ।

    images

    न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका थिए । पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो 

    images

    त्यसैगरी बुधबार थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल