बुधबार, भाद्र २४ गते २०८३
images

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

एक्सप्रेस पाना
आषाढ १२, २०८२ बिहीबार
  • 172
    SHARES
  • मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन अनुरोध गरेको छ।

    images

    विभिन्न तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ। यसैका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो। आयोगका अनुसार उपनिर्वाचनको मिति छिट्टै घोषणा हुने तयारी भइरहेको छ । 

    आयोगले प्रेस विज्ञप्ति जारी गर्दै,’मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन’ भनेर जानकारी दिएको छ।

    images

    प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ ९२० रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ ।

    Matadata-Namawali-1750921019.jpg

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग