बुधबार, भाद्र २४ गते २०८३
images

परराष्ट्रमन्त्री डा. आरजु राणा इटाली प्रस्थान

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 219
    SHARES
  • परराष्ट्रमन्त्री डा. आरजु राणा इटाली प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् । 

    images

    यही जुन २८ देखि जुलाई ४ सम्म इटालीको रोममा आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

    सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने छिन् । 

    images

    उनले नेतृत्व गरेकोे नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।

    उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने छिन् ।

    उनलाई शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाई गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # आरजु राणा