शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलन गर्ने महासंघको चेतावनी

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 355
    SHARES
  • शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलन गर्ने महासंघको चेतावनी

    काठमाडौं । नेपाल शिक्षक महासंघले तोकिएको समय असार १५ गतेसम्म शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

    images

    सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।

    महासंघले समितिले विगतका सहमतिहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन ध्यानाकर्षण गराएको छ । 

    images

    विज्ञप्तिमा भनिएको छ,"त्यो सहमतिमा नेपाल शिक्षक महासङ्घसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन । यसबाट आम नेपाली शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका छन् ।"

    आन्दोलनरत शिक्षकहरुसँग गत बैशाख १७ गते ९ बुँदे सहमतिमा असार १५ गतेसम्म शिक्षा विधेयक पारित गर्ने बताइएको थियो । उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो । 

    त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए । 

    विद्यालय शिक्षा ऐन र सेवा सुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए ।

    साथै महासंघले अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गरेको छ ।

    Teacher(3).jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा विधेयक