बुधबार, भाद्र २४ गते २०८३
images

पूर्वराष्ट्रपति भण्डारीले सरकारले दिएको सबै सेवासुविधा फिर्ता गर्दै

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 313
    SHARES
  • पूर्वराष्ट्रपति भण्डारीले सरकारले दिएको सबै सेवासुविधा फिर्ता गर्दै

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा फिर्ता गर्ने भएकी छन्।

    images

    भण्डारीले केहि दिनमा आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सबै सेवासुविधा फिर्ता गर्ने बताइएको छ । 

    सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ। उनको इन्धन खर्च पनि सरकारले व्यहोर्दै आएको छ।

    images

    पूर्वराष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित आफ्नै घरमा बस्छिन् भने उनको आफ्नै सवारी साधन प्रयोग गर्दै आएकी छन्। 

    गत असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्।

    पूर्वराष्ट्रपति भण्डारीमा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणाले एमाले र समग्र राजनीतिमै तरंग उत्पन्न गरेको छ।

  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी