कुलमान योन्जन तामाङ, काठमाडौँ । अविरल बर्षाको कारण गत असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो बाढी पहिरो गयो । उक्त बाढीपहिरोको कारण करौडौँ धन र सयौं घरपरिवार विस्थापित हुन पुग्यो ।
बाढीपहिरो गए बाढिपहिरो गए लगत्तै सिन्धुपाल्चोकका प्रतिनिधि सभा सांसद समेत रहेका सभामुख अग्नि सापकोटा र शेर बहादुर तामाङले हेलिकप्टर मार्फत पुगेर स्थलगत निरीक्षण गरे । दुबैजना सांसदले आ(आफ्नो पहलमा सरकारको तर्फबाट राहत दिलाउने आश्वासन पनि दिए ।
बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई सरकारले मात्रै नभएर विभिन्न व्यक्ति,संघसंस्था र कलाकारहरुले सहयोग जुटाएर राहत सामाग्री पनि वितरण गरियो ।
उक्त सत्य घटनामै आधारित रहेर वैदेशिक रोजगारीको सिलसिलामा रहेका व्यक्तिले आफ्नो गाउँघर बगाएको,आफन्त बेपत्ता भएको र घरबार विहिन भएर बसेकाहरुलाई समर्पित गरेर तामाङ मौलिक डम्फु सेलो गायक तथा संगीतकार बैरागी मोक्तानले बजारमा नयाँ गीत सार्वजनिक गरेका छन् ।
मोक्तानले नेपाल अन्जान क्रीयसनको अफिसियल युट्युव च्यानलबाट मंगलबार ञभेलबाढी , पहिलो आयो रेझ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन् ।
सर्गम स्टुडियोमा अर्पन लामाले रेकर्ड गरेको उक्त गीत रामकृष्ण लो ले लेखेका हुन् भने गायक मोक्तान आफैंले संगीत भरेका छन् । भिडियोमा मेलम्चीमा गएको बाढिपहिरो र नेपाल तामाङ कलाकार संघले गरेको राहत वितरणलाई पनि देखाइएको छ ।
भिडियो हेर्नुहोस :


