आइतबार, कार्तिक १६ गते २०८३
images
images

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन विभागको आग्रह

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 303
    SHARES
  • कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन विभागको आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले  कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

    images

    विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । 

    विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ । 

    images

    यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # भारी वर्षा