काठमाडौं । बंगलादेशको ढाकास्थित माइलस्टोन स्कूल एण्ड कलेजमा सोमबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ, जसमध्ये २५ जना बालबालिका रहेको पुष्टि भएको छ।
बंगलादेशको मिडिया डेली स्टारका अनुसार मृत्यु हुनेमा २५ जना विद्यालयका विद्यार्थी रहेको धेरै जस्तो १२ बर्षभन्दा कम उमेरका रहेका छन् । त्यस्तै ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरूको ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल, कुर्मिटोला जनरल अस्पताल र राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान लगायतमा उपचार भइरहेको छ ।
सोमबार एफ सेभेन बीजीआई प्रशिक्षण जेट विमान बंगलादेशको ढाकास्थित माइलस्टोन स्कुल तथा कलेजमा दुर्घटनाग्रस्त भएको थियो।


