सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सम्झौता,डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

एक्सप्रेस पाना
श्रावण ६, २०८२ मंगलबार
  • 156
    SHARES
  • एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सम्झौता,डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

    काठमाडौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच यस बैंकका ग्राहकहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । 

    images

    यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । 

    images

    यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

  • सम्बन्धित विषय:

  • # एन आई सी एशिया बैंक