मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई फ्रन्टलाईन हस्पिटलमा १० प्रतिशत छुट

एक्सप्रेस पाना
श्रावण ८, २०८२ बिहीबार
  • 171
    SHARES
  • प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई फ्रन्टलाईन हस्पिटलमा १० प्रतिशत छुट

    काठमाडौं । काठमाडौं महानगरपालिका १०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images

    सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकहरुले फ्रन्टलाईन हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । 

    उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर भएको गरेका हुन् । 

    images

    हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर सञ्चालित छन् । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

    साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक लिमिटेड
  • # फ्रन्टलाईन हस्पिटल