बुधबार, भाद्र २४ गते २०८३
images

‘नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 224
    SHARES
  • ‘नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरु दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् । 

    images

    आइतबार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरु अघि सार्दै दृढता पूर्वक लागू गर्न आग्रह गरेका हुन् । शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्ने लगायतका उनको सर्तहरु छन् । 

    यस्तो छन्,सर्तहरु 
    १.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र  रूपान्तरणको अभियानलाई तिव्र बनाउ । 
    २. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।  
    ३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ । 
    ४. नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।

    images

  • सम्बन्धित विषय:

  • # सुदन किराती