शनिबार, भाद्र २७ गते २०८३
images

ठेचो नवदुर्गा नाच सम्पन्न

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 361
    SHARES
  • ठेचो नवदुर्गा नाच सम्पन्न

    कात्तिक ३ भक्तपुर । पाटन मूलचोकमा मनाइने ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ । नवदुर्गा नाच सम्पन्न भएसँगै नेपालीहरूको महान् चाड दसैँ पनि सकिएको मानिन्छ ।

    images

    ठेचो नवदुर्गा नृत्य वर्षमा दुई पटक दसैँ र योमरी पुन्हीको समयमा गरिन्छ भने गत वर्ष कोभिडको महामारीका कारण गरिएको थिएन ।

    यस नृत्य समूहमा भैरव, सिमा, धुम्बा, भगवान् गणेश, वाराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इन्द्रायणीको मुखौटाले सजिएका ११ जना नर्तकहरू हुन्छन् भने भेडा र राँगोको बलि दिइने चलन छ ।

    images

    यस समूहले नाच्ने नाचको अन्य स्वदेशी नृत्यहरू सिक्ली नाच (खोखाना), अजिमा नाच (काठमाडौं), सप्त मातृका नाच र गटु प्याखान (कीर्तिपुर) र अस्ट मातृका नाच (ललितपुर)सँग समानता रहेको छ।