आइतबार, भाद्र २८ गते २०८३
images

२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

एक्सप्रेस पाना
श्रावण २२, २०८२ बिहीबार
  • 236
    SHARES
  • २९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

    काठमाडौं । २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।

    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो ।

    रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाईभैँसीमा रोगको संक्रमण देखिएको छ भने हाल सम्म ६३७ पशुको मृत्य भएको मन्त्रालयले जनाएको छ ।

    images

    मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण देखिएकाो छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको संक्रमण पुष्टि भएको र ३० वटा पशुको मृत्यु भएको छ ।

    त्यसैगरी, गण्डकीको एउटा जिल्लामा ७ वटा पशुमा मात्रै हाल सम्म रोग पुष्टि भएको छ भने लुम्बीनीका ३ जिल्लामा १६ वटा पशुमा रोग पुष्टि भएको छ र कर्णालीमा १ जिल्ला मात्रै रोगका कारण प्रभावित भएको छ । यी प्रदेशमा हाल सम्म रोगका कारण गाईभैँसीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    सरकारले हाल सम्म ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाएको छ ।

  • सम्बन्धित विषय:

  • # लम्पी स्किन रोग