शनिबार, भाद्र २७ गते २०८३
images

मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा

एक्सप्रेस पाना
श्रावण २५, २०८२ आइतबार
  • 291
    SHARES
  • मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा

    काठमाडौं । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालका हिमाली भेगमा पाइने गरेको छ ।

    images

    स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँ चितुवा हालै मुस्ताङ्गको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको प्राकृतिक बास्थानमा देखिएको छ ।

    यही साउन ४ गते उक्त प्राकृति वासस्थानमा मनाङका कर्मा छिरिङ गुरुङ्गले आफ्नो मोबाइलबाट एक बैंस हिउँ चितुवाको तस्विर कैद गरेका थिए । मानिसको नजरमा बिरलै देखिने भनिएको हिउँ चितुवा हिजोआज सर्वसाधरणले पनि सजिलै देख्न थालेका छन् । नेपालमा यसको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान गरिन्छ । 

    images

    जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ ।
    तस्विर:कर्मा छिरिङ गुरुङ्ग, मनाङ

  • सम्बन्धित विषय:

  • # बैंस हिउँ चितुवा