शनिबार, भाद्र २७ गते २०८३
images

केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 337
    SHARES
  • केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला

    कात्तिक ४ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको छ । ‘आयोजक : सबै एनसिसी’ भन्दै सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेलामा सहभागी अवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त र महासचिव  हेमराज शर्माले पत्राचार गरे पछि उक्त भेला रोकिएको हो ।

    images

    एनसिसीका तर्फबाट छुट्टै भेला बोलाएर छालफल गर्न लागेपछि त्यसमा केन्द्रको कुनै संलग्नता नभएको भन्दै एनआरएनए केन्द्रीय अध्यक्ष पन्त र महासचिव शर्माले एनसिसी, केन्द्रका अभियन्तालाई जानकारी गराएका थिए ।

    अध्यक्ष पन्तले एनसिसी पदाधिकारीलाई पठाएको इमेलमा भनिएको छ, 'सामाजिक सन्जालमार्फत मेरो जानकारीमा आए अनुसार २४ अक्टोबरका लागि प्रस्तावित एनसिसीले गर्ने भनिएको भेलामा मेरो नामपनि जोडिएको छ । म यस्तो भेलाको जमघटको हिस्सा होइन । र, त्यस्तो कुनैपनि भेला र जमघटमा सहभागि नहुनपनि म सबैलाई अनुरोध गर्दछु ।'

    images

    महासचिव शर्माले अहिलेको समस्या समाधान गर्न अध्यक्ष नै स्वयं रातदिन खटेको र यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने उल्लेख गर्दै भनेका छन्, 'कोरोना महामारीमा हामीले हप्तै जस्तो एनसिसिहरुसँग बैठक आयोजना गरेका थियौं । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसिसिको बैठक आइसिसिले आयोजना गर्नेछ ।'

    शर्माले अध्यक्षको लचकतालाई कमजोरीको रुपमा लिंदै एनआरएनएलाई असोभनीय हुने खालका गतिविधि हुँदै आएको र थुप्रै गलत नजिर स्थापित भएको उल्लेख गरेका छन । यस्ता खालका गतिविधिलाई समयमा नै रोक्न जरुरी भएकाले अध्यक्षले निर्देशन गरेअनुसार २४ तारिखको भेला आयोजना नगर्न र यस्ता गतिविधिमा भाग नलिन अनुरोध गर्दै भनेका छन्, 'यस्तो खालको भेलाको वैधानिक व्यवस्था नभएको पनि जानकारी गराउँदछु ।'

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई परराष्ट्र मन्त्रालयले पठाएका पत्र, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने आयोजकले उल्लेख गरेका छन् ।

    गैरआवासीय नेपाली संघको ८५ देशमा शाखाछन् । ती मध्ये ६५ देशमा महाधिवेशन सम्पन्न भएका छन् । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशन नोभेम्बरका लागि तय भएकाे छ ।