शनिबार, भाद्र २७ गते २०८३
images

डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान,प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध

एक्सप्रेस पाना
श्रावण २७, २०८२ मंगलबार
  • 224
    SHARES
  • डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान,प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध

    काठमाडौं । ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ । 

    images

    सामाजिक समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनको अध्यक्षतामा सोमबार बसेको डेंगी नियन्त्रणसम्बन्धी बैठकमा घर कम्पाउण्डभित्र पानी जम्न नदिन विज्ञहरुले अनुरोध गरेका हुन् ।  

    टायर, ट्यूब र प्लाष्टिकका भाडाहरु जथाभावी फ्याँँँक्दा त्यसमा पानी जम्ने र त्यो पानीमा डेंगी फैलाउने लामखुट्टेको विकास हुने भएकाले टायर र ट्युब घर वरपर नराख्न महानगरले अनुरोध गरेको छ । 

    images

    महानगरका प्रवक्ता राजु महर्जन सामान्य जस्तो लाग्ने सजगताले डेंगी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘हाम्रो सजगताले डेंगी फैलाउने लामखुट्टेको वृद्धि र विकास हुन दिदैन, त्यसैले सावधानी अपनाऔं ।’

    साताको एकपटक घर र कम्पाउण्डमा ‘खोज र नष्ट गर’ कार्यक्रम संचलन गर्न पनि महानगरले नगरबासीलाई आग्रह गरेको छ । 

    कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भवन पौडेलले सामान्य सतर्कताले डेंगी रोगबाट जोगिन सकिने जानकारी दिए ।
    कार्यक्रममा विषयगत समितिका संयोजकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    घरमा बस्दा वा कार्यालय र विद्यालय जाँदा, हिड्डुल गर्दा पुरा बाउला भएको कपडा लगाउन महानगरले भनेको छ । अनुगमनको क्रममा सार्वजनिक कार्यक्रममा प्रयोग गरिएका कपहरुको उचित व्यवस्थापन नभएको उल्लेख गर्दै डेंगीको प्रकोप मथ्थर नभएसम्म प्लाष्टिकका कप प्रयोगमा महानगरले प्रतिबन्ध लगाएको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण