बुधबार, भाद्र २४ गते २०८३
images

विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ:ठाकुर गैरे

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 407
    SHARES
  • विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ:ठाकुर गैरे

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

    images

    बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै उनलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन् ।

    उनले भने,"नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले गरि रहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा विपिनको यथार्थ पत्ता लाग्ने र उनलाई नेपाल स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नको लागि आज पुन सदन मार्फत सरकारको ध्यानाकर्षण गर्न चहान्छु ।"

    images

    यस्तै, उनले विश्व शान्तिको पक्षमा सधैँ खडा भएको नेपालको नागरिक युद्धको नाममा बन्धन बनाइनु, वेपत्ता पारिनु गलत मात्र होईन अमानविय कार्य भएको भन्दै यस्तो कार्य बन्दै हुनुपर्ने बताए । 

  • सम्बन्धित विषय:

  • # सांसद ठाकुर गैरे
  • # विपिन जोशी