आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य निरन्तर उकालो, कति पुग्यो प्रतितोला ?

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 323
    SHARES
  • सुनचाँदीको मूल्य निरन्तर उकालो, कति पुग्यो प्रतितोला ?

    कात्तिक ४ काठमाडौं । दसैँ सकिँदा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

    बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    images