बुधबार, भाद्र २४ गते २०८३
images

शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 241
    SHARES
  • शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

    काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् । 

    images

    बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरुका ९५ प्रतिशत माग पुरा गर्न सफल भएको बताएका हुन् । 

    उनले भने, "विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्टुष्टि राख्ने ठाउँ कसैको छैन । विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ । हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ ।"

    images

    उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए । उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए । 

  • सम्बन्धित विषय:

  • # रघुजी पन्त
  • # विद्यालय शिक्षा विधेयक