बुधबार, भाद्र २४ गते २०८३
images

विपिन जोशीका आमा र बहिनीले भेटे राष्ट्रपतिलाई

एक्सप्रेस पाना
भाद्र ८, २०८२ आइतबार
  • 353
    SHARES
  • विपिन जोशीका आमा र बहिनीले भेटे राष्ट्रपतिलाई

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । 

    images

    इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । 

    विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । 

    images

    आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # विपिन जोशी