शनिबार, भाद्र २७ गते २०८३
images

सिन्धुपाल्चोककी गंगाले जितिइन् ‘नेपाल आइडल’ सिजन–६ को उपाधि

एक्सप्रेस पाना
भाद्र १६, २०८२ सोमबार
  • 275
    SHARES
  • सिन्धुपाल्चोककी गंगाले जितिइन् ‘नेपाल आइडल’ सिजन–६ को उपाधि

    काठमाडौं । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि गंगा सोनामले जितेकी छिन् । 

    images

    गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ कोसम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपाल्चोककी सोनामले उपाधि हात पारेकी हुन् । 

    उनले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै भारतकी बबिता थापामगर फस्र्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।

    images

    उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । 

    अघिल्लो वर्ष नेपाल आइडलमा करण परियारले उपाधि हात पारेका थिए ।

  • सम्बन्धित विषय:

  • # गंगा सोनाम