आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय वाणिज्य बैंकले मनायो कर्मचारी संघको ३२ औं वार्षिक उत्सव   

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 641
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकले मनायो कर्मचारी संघको ३२ औं वार्षिक उत्सव   

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको विविध कार्यक्रम गरेर सम्पन्न भएको हो।

    images

    ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए। ३२  औवर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका का।वा।अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

    त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए।  
      
    राष्ट्रिय वाणिज्य कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो। संघले पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा जोडदार आवाज उठाउदै आइरहेको छ। संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेले सञ्चालन गरेका थिए।

    images

    रक्तदान कार्यक्रममा रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारीणी समितिका पदाधिकारीहरु, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा।वा।बैंकका अध्यक्ष गगनसिंह घिमिरे तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।