बुधबार, भाद्र २४ गते २०८३
images

काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

एक्सप्रेस पाना
भाद्र १६, २०८२ सोमबार
  • 278
    SHARES
  • काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । 

    images

    सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् ।

    साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरे ।

    images

    विमानस्थलमा समर्थकहरुले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’

    कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ