बुधबार, भाद्र २४ गते २०८३
images

सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 239
    SHARES
  • सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । 

    images

    सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।

    उनले भनेकी छन्,"नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।"

    images

    उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ