काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।
उनले बुधबार (असोज १ गते) सीईओ पदबाट राजीमा बुझाएका हुन् ।
बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।
अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले समाल्ने गरी संञ्चालक समितिले जिम्मेवारी दिएको छ ।


