शनिबार, भाद्र २७ गते २०८३
images

थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 397
    SHARES
  • थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

     काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

    images

    काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।