आइतबार, कार्तिक १६ गते २०८३
images
images

वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा राखियो जमरा(फोटो फिचर)

एक्सप्रेस पाना
आश्विन ६, २०८२ सोमबार
  • 287
    SHARES
  • वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा राखियो जमरा(फोटो फिचर)

    काठमाडौं । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा दसैँको पहिलो दिन सोमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ। दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो । दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

    images

    Photo (1) (40).JPG

    Photo (12) (17).JPG

    images

    Photo (18) (9).JPG

    Photo (7) (18).JPG

    Photo (9) (21).JPG

  • सम्बन्धित विषय:

  • # जमरा