शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 289
    SHARES
  • विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित

    कात्तिक ५ जुम्ला । लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ । विद्यालयका केही भवन  बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ ।

    images

    वर्षाका कारण  विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जज्वल्याराज न्यौपानेले बताए । अविरल वर्षासँगै आएको बाढीले  पूर्ण रूपमा क्षति पुगेको  छ । 

    ‘लगातारको वर्षाले बिद्यालयको पश्चिमतिरको भवनमा  स्टोर गरी राखिएका  डेस्क, फर्निचर, भवन निमार्णका लागी ल्याएका औजार, जस्तापाता, राष्टीय झण्डा राख्ने  मञ्च, घेरबार र शौचालय गरी करिब एक करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ’, प्रधानाध्यापक न्यौपानेले भने । 

    images

    नमुना विद्यालयको रूपमा रहेको नेत्रज्योती मावि हाँकुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन  हुदै आएको छ । ६५५ जना विद्यार्थी अध्ययनत रहेका प्रधानाध्यापक न्यौपानेले बताए । उनले विद्यालयको  पुनर्निर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छन् ।