शनिबार, भाद्र २७ गते २०८३
images

खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध

एक्सप्रेस पाना
आश्विन २२, २०८२ बुधबार
  • 194
    SHARES
  • खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध

    काठमाडौं । भारतका विभिन्न राज्यहरुमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ ।

    images

    औषधि व्यवस्था बिभागले मंगलबार एक सुचना जारी गर्दै खोकीको औषधिको बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो ।

    ‘भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कोल्डरिफ कफ सिरप’ प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारहरुप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘उक्त औषधि भारतको स्रेसन फर्मा उत्पादक रहेको जानकारी हुन आएको छ । सो उत्पादक तथा त्यसका उत्पादनहरु विभागमा दर्ता नभएको सबैको जानकारीका लागि अनुरोध छ ।’

    images

    यस्ता घटनाहरु विगतमा पनि भई सकेकोले त्यसप्रति विभाग पहिले नै सचेत रहेको जानकारी दिएको छ । 

    साथै विभागले नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रयोग गर्दा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ । 
     
    ‘नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल / ग्लिसरोल ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथिलीन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै मिति २०७९÷०८÷१२ मा सूचना प्रकाशित गरिएको थियो । यस पश्चात मिति २०८२/०४/२१ मा ध्ज्इ कार्य कागजात वमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन भनि सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।