आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली कामदार कहिले देखी साउदी जान पाउने  , केके छन् शर्तहरु ?   

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 455
    SHARES
  • नेपाली कामदार कहिले देखी साउदी जान पाउने  , केके छन् शर्तहरु ?   

    काठमाडौँ ।  साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका नेपाली श्रमिक साउन २५ गतेदेखि साउदी अरब जान पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

    images

    साउदीको यो निर्णयपछि अब साउदीले अनुमति दिएको खोप लगाएर नेपालीहरू पनि त्यहाँ जान पाउने भएका छन् । साउदीले जोन्सन एन्ड जोन्सनसहित अस्ट्राजेनेका खोपलाई अनुमति दिएको छ ।

    यसअघि साउदी अरेबियाले विभिन्न देशहरूबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरू सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौँ देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

    images

    त्यहाँको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । यसअघि त्यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठुलो सङ्ख्यामा सङ्क्रमितहरू देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको सङ्ख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरू पनि रोकिएको थियो ।