आइतबार, कार्तिक १६ गते २०८३
images
images

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

एक्सप्रेस पाना
आश्विन २३, २०८२ बिहीबार
  • 213
    SHARES
  • हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

    काठमाडौं । हरियो फर्सी, घिरौंला र काक्रोमा अत्यधिक विषादी भेटिएको छ । 

    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिर्पोट अनुसार बिहीवार यी तरकारीहरुमा अत्यधिक विषादी रहेको पाइएको हो ।

    समितिको रिर्पोट अनुसार मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएकाले उपभोग अयोग्य भएको पाइएको हो । उक्त फर्सीमा ४५.५९८ प्रतिशत अर्गानो फोस्फेटको मात्रा भेटिएको समितिले जनाएको छ ।

    images

    त्यसैगरी, धादिङबाट राजेन्द्र प्रसाद कानुको बारीबाट ल्याएको घिरौंलामा ६५.०३० प्रतिशत अर्गानोफोस्फेटको मात्रा पाइएको हो । काठमाडौंस्थित कानुकै बारीबाट ल्याइएको कांक्रोमा समेत ५२.९२१ प्रतिशत अर्गानोफोस्फेटको मात्रा भेटिएको हो ।

    समितिका अनुसार कुनैपनि तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत भन्दा कम भएमा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत सम्म विषादी भएमा केहि दिनसम्म क्वारेन्टाइनमा राखेर उपभोग योग्य हुन्छ भने ४५ प्रतिशत भन्दा बढी विषादीको मात्रा भेटिएमा उपभोग अयोग्य मानिन्छ ।

  • सम्बन्धित विषय:

  • # हरियो फर्सी
  • # घिरौंला