आइतबार, कार्तिक १६ गते २०८३
images
images

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 413
    SHARES
  • तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

    काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ ।

    images

    महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो ।

    महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ ।

    images

    फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीहरूले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन् । यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

    विभिन्न स्थानहरूमा जिम्मेवार व्यक्ति र सम्पर्क नम्बर तोकिएको छ, जसमा एन.बी. सेन्टर नयाँ बानेश्वरमा आकृति श्रेष्ठ आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा रहेका छन् ।

    महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ । सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।

    विक्रवितरणको लागि निम्न स्थानहरु तोकिएको छ । 
    एन. वि. सेन्टर नयाँ वानेश्वर 
    बिग मार्ट:शंखमुल 
    आइ प्लेक्स मल:नयाँ बानेश्वर 
    सेल्स बेरी:मध्यबानेश्वर
    फोनेक्स टावर:बत्तिसपुतली 
    तिनकुने चौर तिनकुने
    सिफल चौर:सिफल
    ए.सी. कम्लेक्स:चावहिल गणेशस्थान तरकारी बजार 
    के. एल. टावर अगाडि, चावहिल
    चावहिल सेन्टर अगाडि
    स्वयम्भू ः धर्म चक्र पार्क
    कालिमाटी ः कालिमाटी बाङ्गक्यूट
    कालिमाटी धौखेल
    कलंकी भाटभटेनी
    नयाँ बजार ः भ्याली कोल्ड स्टोर 
    माछापोखरी ः बुद्ध महल
    माछापोखरी ः गुणस्तर खाल्डो
    हॉडिगाउँ ः ५ वडा अगाडिको डबली 
    हाँडिगाउँ ः ५ वडा गणेश मन्दिर डबली
    कोइराला स्मार्ट ः २६ वडा सामाखुशी 
    सेल्सबेरी ः महाराजगञ्ज
    गंगवु ः विगमार्ट
    चपलकारखाना ः विगमार्ट
    बालुवाटार ः विगमार्ट
    कमलादी ः का.म.पा. २८ 
    पुतली सडक ः का.म.पा. २८ 
    अनामनगर ः का.म.पा. २९ ः भाटभटिनी
    टेवाल मन्दिर परिसर
    सुन्धारा काठमाडौं महल
    का.म.पा. २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने ठाउंमा
    न्यूप्लाजा बग्र कम्लेक्स गुडमार्ट

  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर