बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप लिग–२:अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक ९, २०८२ आइतबार
  • 288
    SHARES
  • विश्वकप लिग–२:अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

    काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । 

    images


    आइतबारबाट सुरु भएको आइसीसी विश्वकप लिग–२ को खेलमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो । 

    अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।

    images

    यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ रनमै २ विकेट गुमाएपछि अमेरिकालाई संकट देखिएको थियो । तर स्मित पटेल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गरे । यी दुई ब्याट्सम्यान क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।

    तर ३३ औं ओभरमा स्मित रनआउट हुनासाथ र ३५औं ओभरमा साइतेजा आउट भएपछि अमेरिका केही दबाबमा परेको थियो । यद्यपि अन्तिम समयमा मिलिन्द कुमारको आक्रामक ब्याटिङका कारण अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन थप्दै स्कोर प्रतिस्पर्धात्मक बनाएको थियो ।

    त्यस्तै नेपालको लागी सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२