आइतबार, कार्तिक १६ गते २०८३
images
images

बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

एक्सप्रेस पाना
कार्तिक १४, २०८२ शुक्रबार
  • 320
    SHARES
  • बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

    काठमाडौं । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । 

    images

    असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पुर्‍याएको हो । 

    तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर सहित विभिन्न स्थानमा पानीले धानबाली डुबाएको किसानहरूले बताएका छन् ।
    रामधुनीकी निर्मला लुईटेल भन्छिन्, ‘वर्षाले भर्खरै लगाएको तोरीदेखि धान सबै डुबायो ।’

    images

    वर्षाको असरले प्रदेशका कतिपय स्थानीय तहहरूले विद्यालय बन्द गर्नुपरेको छ । इटहरी उपमहानगरपालिकाले सुरक्षा र यातायात जोखिमलाई मध्यनजर गर्दै विद्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

    तराईका अधिकांश भूभाग जलमग्न बनेका छन् भने नदीनालामा पानीको बहाव तीव्र बनेको छ । मेची राजमार्गसहितका कतिपय सडक खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएको छ ।

    उत्तरी पहाडी क्षेत्रमा भने अत्यधिक हिमपातका कारण जनजीवन कठिन बनिरहेको छ ।

    कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले डिजिटल म्यापअनुसार प्रभावित क्षेत्र पहिचान गरी सुरक्षाकर्मीमार्फत उद्धार र राहतका काम अघि बढाइएको जानकारी दिए ।

    उनका अनुसार स्थानीय सरकारमार्फत तत्कालीन राहत र उद्धारको कार्य सुरु भइसकेको छ । वर्षा भोलीसम्मै जारी रहने अनुमान मौसमविद्हरूले गरेका छन्, जसले किसानको चिन्ता झन् बढाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेमौसमी वर्षा