सोमबार, भाद्र २९ गते २०८३
images

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

एक्सप्रेस पाना
कार्तिक २८, २०८२ शुक्रबार
  • 238
    SHARES
  • चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

    एजेन्सी । चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ । 

    images

    तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो । 

    मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ । 

    images

    विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भएपनि बढ्दो संख्यामा जनावर र चराहरूले मानिसहरूलाई साथ दिइरहेका छन्।

    आईआई मिडिया रिसर्चको तथ्याङ्क अनुसार चीनको घरपालुवा जनावर उद्योगको बजार आकार वर्षको अन्त्यसम्ममा ११३ अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ।(सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # छेपारो
  • # कछुवा